अर्थमन्त्री डा. खतिवडाले भने– एकल विन्दु सेवाले भारतीय लगानी ल्याउन सहज हुन्छ




काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल सरकारले शुरु गरेको एकल विन्दु सेवाले भारतीय लगानी ल्याउन सहज हुने बताएका छन् ।

नेपाल–इण्डिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्री (निक्क) को कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले उक्त सेवाले पुर्याउने सहजताले समग्र विदेशी लगानी ल्याउन सहज हुने सरकारको अपेक्षा रहेकोे समेत स्पष्ट पारे । साथै उनले विदेशी लगानी भित्राउन केहि कानुनी कठिनाई भए छलफल गरी परिमार्जन गर्न सकिने र त्यसका लागि सरकार तयार रहेको बताए ।

नेपालले मनाउन लागनेको नेपाल भ्रमण वर्ष २०२० मा मध्यम आय भएका भारतीय नागरिकका लागि नेपाल अत्यन्तै राम्रो गन्तब्य भएको समेत उनले उल्लेख गरे ।

नेपालको औद्योगीक अवस्थालाई संकेत गर्दै अर्थमन्त्रीले प्रश्न गर्दै भने – हामीले कस्तो उद्योग चाहिरहेका छौ जबकि हामीले १० वर्षको अवधिमा पैसा कमाउनै सकेनौ ? समग्र आर्थिक विकासका लागि प्रभावकारिता र सामाजिक सुरक्षा कोषको पनि महत्वपुर्ण भुमिका हुन्छ ।


क्लिकमान्डु