नयाँ र पुरानो होण्डा सिटी कारमा के–कस्ता फरक छन् ?




काठमाडौं । होण्डा कम्पनीको पछिल्लो उत्पादन नयाँ सेडान सिटी कारले थाइल्याण्डमा डेब्यु गरेको छ । यो कार सन् २०२० को मध्यतिर भारतमा पनि सार्वजनिक हुने भएको छ ।

होण्डाले उत्पादन गरेको सिटी मोडलको कार २० वर्षभन्दा पहिले देखि चल्दै आएको कार हो । र होण्डाले अहिले त्यहीँ गाडीलाई नयाँ स्टाइलमा परिमार्जन गरी बजारमा ल्याएको हो । कम्पनीले नयाँ मोडलको सिटी कारले पनि सफलताको इतिहास बनाउने विश्वास लिएको छ ।

कम्पनीले अहिले ल्याएको सिटी कार पाँचौ पुस्ताको कार हो । चौथो पुस्ताको कार भारत र नेपालमा सन् २०१४ देखि कारोबार हुँदै आएको छ ।
होण्डाले स्टाइल र विभिन्न विशेषता थपेको दाबी गरेको नयाँ होण्डा सिटी र पुरानो होण्डा सिटी कारमा खास समानता र फरकहरु के–के छन् त ?

डाइमेन्सनको सवालमा नयाँ पुस्ताको सिटी कार पुरानो कारभन्दा ११३ एमएम लामो र ५३ एमएम चौडा रहेको छ । जवकि नयाँ कार पनि २८ एमएम होचाई र ११ एमएमको छोटो ह्वीलबेसमा बनेको छ ।

त्यसैगरी नयाँ सिटी कारमा ४० लिटरको तेल ट्याङकी र वजन १ हजार १६५ के.जी रहेको छ । यो पुरानो कारभन्दा ६५ के.जी धेरै छ । भारतमा सार्वजनिक हुने मोडलको कर्भ वेट भने फरक हुनसक्ने बताइएको छ ।

अहिले बजारमा आएको सिटी कार पहिचान नमेटिने गरी नयाँ स्टाइलमा तयार गरिएको छ । नयाँ कारमा ठुला हेडलाइट फिट गरिएको । नयाँ कारमा पुरानो कारको तुलनामा ग्रिल र बम्पर पनि ठुलो रहेको छ ।

पाँचौ पुस्ताको सिटीमा पुरै नयाँ ड्यासबोर्ड राखिएको छ जुन चौथों पुस्ताको गाडीका भएको ड्यासबोर्डसँग कुनै पनि समानता देखिदैन ।
अहिलेको नयाँ सिटी कारमा ८ इन्चको टचस्क्रिन राखिएको छ । नयाँ गाडीमा ट्वीन एनालग डायल र डिसेन्ट साइज मल्टीइन्फो डिस्प्लेलाई निरन्तरता दिइएको छ ।

अहिलेको नयाँ कारमा भएका नयाँ विशेषतामध्ये थ्री–स्पोक स्टेरिङ र अल्युनियम पेडल पनि रहेका छन् । त्यसैगरी गाडीमा ६ वटा एयरब्याग, इबिडी सहितको एबिएस, अटोमेटिक क्लाईमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, एलईडी लाइट्स, ठुलो आकारको टचस्क्रिन इन्फोटेन्मेन्ट स्क्रिन पनि छन् ।

नयाँ सिटीमा भेइकल स्ट्याबिलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट पनि रहेका छन् । अब बिदाइ हुन लागेको होन्डा सिटी दुईवटा इन्जिनमा उपलब्ध थियो । एउटा ११९एचपीको १.५ लिटर पेट्रोल इञ्जिन र अर्को १०० एचपीको १.५ लिटर लिटर डिजल मोटर । त्यसैगरी पेट्रोल इन्जिन ५ वटा स्पिड म्यानुअल वा सिभिटी अटोमेटिक गियरबक्स र डिजल ६ वटा स्पिड म्यानुअलमा उपलब्ध थियो ।

अहिले बजारमा आएको नयाँ होण्डा सिटी कारमा बिएस–६ भर्सन रहेको छ ।


क्लिकमान्डु