भन्सार र अन्तःशुल्क घटाउने निर्णयबाट अर्थमन्त्री खतिवडा ब्याक



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट मार्फत घोषणा गरेको हाइब्रिड गाडीमा ५० प्रतिशत भन्सार छुट र र ५० प्रतिशत अन्तःशुल्क छुट दिने निर्णयलाई संसोधन गरेका छन् ।

अर्थमन्त्री खतिवडाले पेट्रोलियम पदार्थको उपभोग कम गर्नको लागि हाइब्रिड गाडीमा ५० प्रतिशत भन्सार र अन्तशुल्क छुट दिने निर्णय बजेटमा गरेका थिए ।
यसले केही सिमित व्यवसायीलाई मात्र फाइदा दिने गुनासो गाडी बिक्रेताको थियो ।

अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर आर्थिक विधेयकमा भएको छुटको शिर्षक खारेज भएको जनाएको छ ।


क्लिकमान्डु