रेनोको डस्टर गाडीमा डेढ लाखसम्म छुट



काठमाडौं । गाडी निर्माता कम्पनी रेनोले एसयुभि डस्टर खरिद गर्ने ग्राहकलाई भारी छुट दिने भएको छ । रेनो कम्पनीले भारतमा डेढ लाखसम्म छुट दिने घोषणा गरेको हो ।

गत जुलाईमा डेब्यु गरेको रेनोको डिजल भेरियन्टको डस्टरमा ग्राहकले उक्त छुट पाउनेछन् । पेट्रोल भेरियन्टको डस्टरमा भने यो छुट योजना लागु हुनेछैन् ।

११ लाख १९ हजार भारतीय रुपैंयामा बिक्री हुँदै आएको डस्टर अब ९ लाख ९९ हजारमा पाइने कम्पनीले जनाएको छ ।

रेनोद्वारा उत्पादित रिफ्रेस्ड डस्टरमा अहिले दुईवटा इन्जिन अप्सन रहेका छन् । तर कम्पनीले निकट भविष्यमा बिएस-६ सिस्टममा जानुपर्ने भएकाले अब डिजलबाट चल्ने भर्सनलाई छिटै विदाई गर्ने योजना बनाएको छ । विश्वभर रहेका सबैजसो गाडी निर्माता कम्पनी बिएस-६ सिस्टममा जाने तयारीमा जुटेका छन् ।

सन् २०२० को अप्रिल १ देखिडस्टर सिंगल १.५ लिटर पेट्रोल इन्जिन अप्सनमा मात्र उपलब्ध हुनेछ जसमा ५ वटा स्पिड म्यानुअल वा सिभिटी गियरबक्स सिस्टम रहनेछ ।

कम्पनीले दिने छुट पछि हुने आउने मूल्य अब टाटा नेक्सन, महिन्द्रा एक्सयुभि ३००, फोर्ड इकोस्पोटै, मारुती सुजुकी भिटारा र हुन्डाईको भेन्युको मूल्यसँग प्रतिस्पर्धी रहनेछ ।


क्लिकमान्डु