सशस्त्र प्रहरी बलले माग्यो २९७ जना इन्सपेक्टर र असई




काठमाडौं । सशस्त्र प्रहरी बलले २९७ जनाका लागि जागिर खुलाएको छ । जसमा सशस्त्र प्रहरी निरीक्षक (इपेन्पेक्टर)मा ५८ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)मा २३९ जना गरी सशस्त्र प्रहरी बल मानवस्रोत विभागको भर्ना छनोट शाखाले २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

शाखाले माग गरेको सशस्त्र प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भई २५ वर्ष ननाघेका मान्यता प्राप्त विश्व विद्यालयबाट स्नातक उर्तीण गरेको साथै सशस्त्र प्रहरी बलले तोकेको मापदण्ड पूरा गर्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

साथै १८ वर्ष पुगी २३ ननाघेका प्रमाणपत्रतह उर्तीण गरेको र तोकिएको मापदण्ड पूरा भएको नेपाली नागरिकले आवेदन सशस्त्र प्रहरी सहायक निरीक्षकमा आवेदन दिन सक्ने छन् ।

इच्छुक आवेदकले आवश्यक सम्पूर्ण कागजपत्रका साथ आगामी माघ ७ गतेसम्म सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखा प्रधान कार्यालय हलचोक तथा सुनसरी, मकवानपुर, पोखरा, चन्द्रौटा, सुर्खेत, कैलालीका कार्यालयमा आवेदन दिइसक्नु पर्नेछ ।


क्लिकमान्डु