टुरिजम बोर्डले माग्यो नयाँ सीईओ, यस्तो छ मापदण्ड



काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको अवधि आगमी पुस ७ गते सकिँदैछ ।

उनको कार्यकाल सकिनुभन्दा २० दिन अघि बोर्डले सीईओका लागि आवेदन खुलाएको हो ।

बोर्डले सीईओ हुनका लागि नेपाली नागरिक, स्नातकोत्तर उत्र्तीण, कम्तीमा १० वर्षको अनुभव, ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको, फौजदारी अभियोग नलागेको, विदेशमा पीआर नभएको हुनुपर्ने उल्लेख छ ।


क्लिकमान्डु