एमजी जेडएस इलेक्ट्रिक गाडी युरोपमा ३ हजारभन्दा धेरै अर्डर, नेपालमा पनि १५० थान बुकिङ्ग




काठमाडौं । ब्रिटिस ब्राण्ड एमजीद्वारा उत्पादित एमजी जेडएस इभिले युरोपबाट ३ हजार अर्डर पाएको छ । साथै उक्त गाडीको नेपालमा पनि १ सय ५० थान बुकिङ भएको छ ।

९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज) को युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा पनि माग रहेको छ ।

यो गाडीले युके, नेदरल्याण्ड र नर्वेमा सार्वजनिक भएदेखिनै सकरात्मक प्रतिक्रिया प्राप्त गर्याे र ३ वटा देशबाट ३ हजारभन्दा बढी अर्डर प्राप्त गरिसकेको छ । पारामाउन्ट मोटर्स नेपालका लागि एमजी गाडीको अधिकृत आयातक र वितरक हो । गत जुलाई महिनामा नयाँ इलेक्ट्रिक एसयूभी एमजी जेडएसका लागि शुरुवाती मुल्य ४९ लाख ९९ हजारमा प्रिबुकिङग खुलाएको थियो । अहिलेसम्म कम्पनीले एमजी जेडएस इभीका लागि १ सय ५० थान भन्दा बढि बुकिङ प्राप्त गरिसकेको छ ।

एमजीका उत्पादनहरु विश्वभरका ६० भन्दा बढि देशहरुमा बिक्री हुन्छ ।

यो नयाँ एसयूभीमा सुरक्षालाई सुनिश्चित गर्दै ६ वटा एयरब्यागका साथै प्रिमियम प्यानारोमिक सनरुफ र आरमदायीक इलेक्ट्रिकल समायोज्य सिटजस्ता विशेषताहरु रहेको छ । यसबाहेक यो गाडीमा ३ वटा ड्राइिभिङ मोडहरु रहेको छ जसमा चालकहरुले आफुलाई मनपर्ने ढंगबाट गाडी चलाउन सक्छन् ।


क्लिकमान्डु