बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका सीइओ भुवन दाहाल निश्चित



काठमाडौं । नेपाल बैंकर्स संघकोअध्यक्ष सानिमा बैंकका प्रमुह कार्यकारी अधिकृत भुवन दाहाल हुने निश्चित भएको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा इच्छुक उमेद्धवारि नपर्दा दाहाल नै संघको अध्यक्ष हुने पक्का भएको हो । दाहाल संघमा दुई कार्यकाल कार्यकारिणी सदस्य भएर काम गरेका छन् ।

संघले आगामी अध्यक्ष चयनका लागि निर्वाचन कमिटि गठनगरि मंसिर १७ गतेसम्म उमेद्धवारी दर्ता, १८ गते उमेद्धवारी फिर्ता र १९ गते संघको साधारणसभाबाट अध्यक्ष चयन गर्ने कार्यतालिका बनाएको थियो ।

जस अनुसार आज उमेद्धवारी दिने अन्तिम दिन हो । आजसम्म संघमा अध्यक्षका लागि दाहालको मात्र उमेद्धवारी दर्ता भएको छ ।

बैंकर्स संघको आगामी अध्यक्ष सानिमा बैंकका सीइओ भुवन दाहाललाई बनाउने सहमति

हाल संघको अध्यक्षमा नेपाल बंगलादेशको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रवन्ध निर्देशक अनुकुल भट्नाकर रहेका छन् ।

संघको उपाध्यक्षमा एसबिआई बैंकका अनुकुल भट्नाकर रहनेछन् । यस्तै नयाँ सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी थपिएका छन् ।

संघको सदस्यमा सिभिल बैंकका गोविन्द गुरुङ, एनसीसीका रमेशराज अर्याल र माछापुच्छ्रेका सुमन शर्माको भने निरन्तरता हुने छ ।


क्लिकमान्डु