लुम्बिनी नेत्र विज्ञान संस्थान र वैद्यनाथ वेदविद्याश्रमलाई जनता बैंकको आर्थिक सहयोग
काठमाडौं । जनता बैक नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचारसम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
उक्त सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका छन् । नेपाल नेत्रज्योती संघबाट संचालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान उक्त क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।
त्यसै गरी बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ । २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरेका हुन् ।
उक्त संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा बि।सं। २०५५ साल देखि वैद्यनाथ वेदविद्याश्रम संचालन गरिरहेको छ । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिनेछ ।