टाटा नेक्सन इभीले डिसेम्बरमा ग्लोबल डेब्यु गर्ने




काठमाडौं । पछिल्लो समय विभिन्न गाडी निर्माता कम्पनीबीच इलेक्ट्रिक गाडी उत्पादन गर्ने प्रतिस्पर्धा देखिएको छ । तीव्र प्रतिस्पर्धाकाबीच गाडी निर्माता कम्पनीकलाई राम्रो इलेक्ट्रिक गाडी उत्पादन गर्नु चुनौती जस्तै बनेको छ ।

इलेक्ट्रिक गाडी उत्पादन गर्ने विश्वव्यापी प्रतिस्पर्धा चलिरहेका बेला टाटा मोटर्सले आफ्नो पछिल्लो उत्पादन डेब्यु गर्ने भएको छ । कम्पनीले उत्पादन गरेको नेक्सन इलेक्ट्रिक भेहिकलको ग्लोवल डेब्यु हुने भएको हो । कम्पनीले दिएको जानकारी अनुसार सन् २०१९ को डिसेम्बर १७ मा कार भारतमा डेब्यु हुनेछ ।

योभन्दा पहिले नै इलेक्ट्रिक गाडी बनाइसकेको टाटा मोटर्सले अहिले डेब्यु गर्न लागेको यो गाडी एसयुभी सेग्मेन्टको पहिलो इलेक्ट्रिक कार हो । कम्पनीले तयार गरेको पछिल्लो जिपट्रोन इलेक्ट्रिक पावरट्रेन प्रविधि जडान गरिएको यो पहिलो इलेक्ट्रिक कार हो ।

कम्पनीको दाबी अनुसार यो गाडीले एकपटक फुल चार्ज गरेपछि २५० देखि ३०० किलोमिटर गुडने क्षमता राख्दछ । यो गाडीमा लिथियम आयन ब्याट्री फिट गरिएको छ । कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिने योजना रहेको समेत जानकारी दिएको छ ।

गाडीमा चार्जको मात्रा बढाउनका लागि पर्मानेन्ट म्याग्नेट एसी मोटर राखिएको छ जसले गाडी चलिरहँदा ब्याट्री चार्ज गर्छ । व्याट्री पानी र धुलो मुक्त हुने गरी तयार गरिएको छ ।

निकै चासोका साथ हेरिएको यो गाडी १५ लाखदेखि १७ लाख भारतीय रुपैयाँसम्ममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु