अधिकांश गाडीको व्यापारमा मन्दी छायो, टोयोटाको व्यापार २२ प्रतिशतले घट्यो



काठमाडौं । अधिकांश गाडी कम्पनीहरुको व्यापार घटिरहेका बेला टोयोटा मोटर्सको व्यापारमा पनि गिरावट आएको छ । गत नोभेम्बरको व्यापार तथ्याङक अनुसार भारतमा टाटा मोटर्सको व्यापार २२ प्रतिशतले घटेको हो ।

सन् २०१८ को नोभेम्बरमा १० हजार ७ सय २१ वटा गाडी बिक्री गरेको टोयोटाले सन् २०१९ को नोभेम्बरमा ८ हजार ३ सय १२ युनिट गाडी बिक्री गरेको छ ।

कम्पनीले गरेको निर्यातमा भने केही सकारात्मक संकेत देखिएको छ । गत वर्षको नोभेम्बरमा ६ सय ६९ वटा गाडी निर्यात गरेको कम्पनीले यो वर्षको सोही महिनामा ९ सय २९ वटा गाडी निर्यात गरेको छ ।

बीएस–६ सिस्टम आएपछि गाडीको मूल्य २० प्रतिशतसम्म बढ्ने भएकाले अबका महिनामा गाडीको व्यापारमा सुधार हुने कम्पनीले विश्वास लिएको छ ।

त्यसैगरी केही समयमा अधिकांश गाडी कम्पनी वीएस–६ सिस्टममा जाने तयारीमा जुटेकाले पनि गाडीको व्यापारमा कमी आएको विभिन्न गाडी निर्माता कम्पनीले टिप्पणी गर्दै आएका छन् ।


क्लिकमान्डु