चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प हुने, यस्ता छन् क्याम्पका आकर्षण



काठमाण्डौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टे«डिङ्गले टाटा मोटर्स ग्लोबल सर्भिस क्याप गर्ने भएको छ ।

ग्राहकलाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने उदेश्यले यहि मंसिर १९ देखि २१ गतेसम्म सर्भिस क्याम्प गर्न लागेको हो । यो चौथौँ सिप्रदीद्वारा आयोजित चौथौं क्याम्प हो ।

३ दिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुनेछ ।

क्याम्पबाट टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन् । तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिनेछ । यी अफर र योजनाहरूका साथै ग्राहकहरूका लागि थप रिक्रिएस्नल कार्यक्रमहरूको व्यवस्था गरिएको छ । सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखा जाँचको पनि आयोजना गर्दैछ । यसका साथै सिप्रदीले आफूलाई सहयोग पुर्याएका आफ्ना ग्राहकहरूलाई विभिन्न विधाअन्तर्गत सम्मान पनि गर्ने जाकारी दिएको छ ।

सोही क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक हुनेछ ।

३ दिने ग्लोबल सर्भिस क्याम्पमा विभिन्न आकर्षक सेवाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । केहि आकर्षक सेवाहरुमा निःशुल्क ४७ पोइन्ट्स चेकअप, निःशुल्क कम्प्युटर डाइगनोसिस, निःशुल्क इलेक्ट्रिकल तथा ब्याट्री परीक्षण, निःशुल्क एफआईपी परीक्षण, निःशुल्क टायर परीक्षण, निःशुल्क प्रदूषण जाँच, निःशुल्क लन्च सुविधा, गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू, दैनिक लक्की ड्र बाट मोबाइल जित्ने मौका र बम्पर लक्की ड्र रहेका छन् ।

क्याम्पमा सहभागी हुन चाहाने ग्राहकले ९८०१२२३३०० मा मिस कल दिई आफ्नो गाडी दर्ता गर्न सक्नेछन् ।


क्लिकमान्डु