धरानमा लालकिल्ला ढल्यो, कांग्रेसका उम्मेद्वार तिलक राई विजयी



काठमाडौं । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेद्वार तिलक राई विजयी भएका छन् ।

कांग्रेसका उम्मेद्वार राईले २६ हजार ७०९ मत प्राप्त गरे भने नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरे । सुनसरी जिल्लाको धरान कम्युनिष्टको गणको रुपमा रहेको थियो ।
२०७४ सालको स्थानीय निकाय निर्वाचनमा नेकपाका तारा शुब्बाले निर्वाचन जितेका थिए । उनको निधन भएपछि उपनिर्वाचन भएको हो । जसमा कांग्रेसका तिलक राई विजयी भएका हुन् ।


क्लिकमान्डु