एनआईसी एसिया बैंकले खुलायो जागिर




काठमाडौं । एनआईसी एसिया बैंकले विभिन्न पदमा जागिर खुलाएको छ । बैंकले विभिन्न ४ वटा पदमा केही संख्यामा जागिर खुलाएको हो ।

बैंकले उपत्यका र उपत्यका बाहिरका शाखाका लागि ब्राञ्च म्यानेजर माग गरेको छ । जसमा सुपरभाइजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसर भनि विज्ञापन खुलाएको हो ।
त्यस्तै, अपरेसन÷सर्भिस÷अनुभवी म्यानेजरका लागि समेत उपत्यका र उपत्यका बाहिरका शाखाका लागि विज्ञापन खुलाएको हो ।

बैंक रिलेसनसिप म्यानेजर तथा ट्रेनी असिस्टेन्टका लागि समेत विज्ञापन खुलाएको छ ।

बैंकले सिनियर अफिसरका लागि व्यवस्थापन संकायमा स्नातक उत्र्तीण गरेको, कम्तीमा ५ वर्ष काम गरेको अनुभव भएको र २१ वर्ष पुगी ४० वर्ष ननाघेको आवेदकले आवेदन दिन सक्ने बताएको छ ।

त्यस्तै, सुपरभाइजर तथा सिनियर असिस्टेन्ट पदका लागि व्यवस्थापन संकायमा स्नातक उत्र्तीण, कम्तीमा तीन वर्ष काम गरेको अनुभव र १८ वर्ष पुगी ३५ वर्ष ननाघेकाले आवेदन दिन सकिने उल्लेख गरेको छ ।

बैंकले ट्रेनी असिस्टेन्टका लागि भने स्नातक तह उत्र्तीण गरेको, कम्तीमा ५० प्रतिशत वा जीपीए २।५ ल्याएको, १८ वर्ष पुगी ३० वर्ष ननाघेको माग गरेको छ ।

बैंकले आवेदन दिन अन्तिम दिन डिसेम्बर १६ तारिख तोकेको छ ।


क्लिकमान्डु