अधिकांश गाडीको व्यापार घट्दा फक्सवागनको व्यापार १७ प्रतिशतले बढ्यो




काठमाडौं । सन् २०१९ गाडी निर्माता कम्पनीका लागि समग्रमा त्यत्ति सुखद देखिएन् । जसले गर्दा विश्वभरका अधिकांश गाडी निर्माता कम्पनीहरुको व्यापारमा कमी आयो ।

परिणामस्वरुप विभिन्न कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी कटौती गर्नुपर्ने अवस्था समेत सिर्जना भयो ।

तर गाडी निर्माता कम्पनी फक्सवागेनको व्यापार भने सन् २०१९को नोभेम्बरमा १७ प्रतिशतले बढेको छ ।

भारतस्थित फक्सवागनले नोभेम्बरमा २ हजार ९ सय ३७ युनिट गाडी डोमेस्टिक सेल्स भएको बताएको छ । गत वर्षको नोभेम्बरमा फक्सवागनले २ हजार ५ सय १ युनिट गाडी बिक्री गरेको थियो ।

यो वर्ष समग्र अटो क्षेत्रमा देखिएको नकारात्मक संकेतका बाबजुद जर्मन अटो जायन्ट कम्पनी फक्सवागेनको व्यापारमा भने ग्रिन सिग्नल देखिएको छ ।

फक्सवागनद्वारा उत्पादित पोलो र भेन्टो मोडलको व्यापारमा मात्र १९ प्रतिशत बृद्धि भएको तथ्याङक छ । पोलो र भेन्टो मोडलका गाडी शुरुवाती चरणका गाडी प्रयोगकर्ताका निम्ती अति उपयोगी गाडीका रुपमा परिचित छन् ।

कम्पनीले यही सेप्टेम्बरमा फेस्टिभ सिजनको अवसर पारेर यी मोडलका कार अपडेटेड भर्सनमा सार्वजनिक गरेको थियो ।

केही समयभित्र एसयुभि सेग्मेटका गाडी सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको छ ।


क्लिकमान्डु