साना किसान लघुवित्तमा जागिर खुल्यो, तलब मासिक १ लाख




काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि १४ जना कर्मचारी माग गरेको छ ।

संस्थाले कार्यक्रम संयोजक र स्थानीय प्रशिक्षक पदमा कर्मचारी मागेको छ । कार्यक्रम संयोजक पदमा १ जना र स्थानीय प्रशिक्षक पदमा १३ जना कर्मचारी आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ ।

संस्थाद्वारा प्रकाशित सूचना अनुसार कार्यक्रम संयोजकको मासिक तलब १ लाख र स्थानीय प्रशिक्षकको मासिक ६० हजार रुपैयाँ तलब रहेको छ ।

मासिक तलबका अलावा कार्यक्रम संयोजकको करार अवधि थप भई सेवा अवधिभित्र दशैं परेमा दशै खर्च बापत १ महिनाको थप तलब पाउनेछन् ।

त्यसैगरी स्थानीय प्रशिक्षकले स्थानीयस्तरको भ्रमण भत्तावापत एकमुष्ठ २० हजार रुपैंयाँ पारिश्रमिक र करार अवधि थप भई सेवा अवधिभित्र दशैं परेमा एक महिनाको तलब दशैं खर्च बापत पाउने संस्थाले जनाएको छ ।

दुबै पदको करार अवधि ६÷६ महिना रहेको छ ।

कार्यक्रम संयोजक पदमा जागिर खान चाहनेले कुनै पनि विषयमा स्नातकोत्तर तह उर्तीण गरी बैंक तथा वित्तीय संंस्थामा कम्तीमा ५ वर्ष काम गरेको वा कुनै विषयमा स्नातक गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा अधिकृत पदमा रही १० वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यसैगरी स्थानीय प्रशिक्षक पदमा जागिर खान चाहने आवेदकले वाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा स्नातकोत्तर तह उर्तीण वा वाणिज्य वा व्यवस्थापन विषयमा स्ताकत तह उर्तीण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्ष काम गरेको अनुभव लिएको हुनुपर्नेछ ।

प्रविणता तह वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा साना किसान सहकारी संंस्था वा ग्रामीण वित्त वा लघुवित्त क्षेत्रमा ५ वर्ष काम गरेका आवेदकले पनि आवेदन दिन सक्ने संस्थाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु