मारुती सुजुकीको व्यापार ३.२ प्रतिशतले घट्दा कुन सेग्मेन्टका गाडी कति बिके ?




काठमाडौं । भारतको सर्वाधिक ठूलो गाडी निर्माता कम्पनीको व्यापार नोभेम्बर महिनामा ३.२ प्रतिशतले घटेको छ ।

कम्पनीले सार्वजनिक गरको तथ्यांक अनुसार गत महिना १ लाख ४१ हजार ४०० वटा गाडी बिक्री भएका छन् । गत वर्षको नोभेम्बरमा कम्पनीले १ लाख ४६ हजार १६ वटा गाडी बिक्री गरेको थियो । चाडपर्वका कारण अक्टोबरमा देखिएको सकारात्मक संकेतले नोभेम्बरमा निरन्तरता पाउन सकेन ।

अक्टोबरमा कम्प्याक्ट सेग्मेन्टका लोकप्रिय उत्पादनहरु वागन आर, डिजायर, स्वीफ्ट जस्ता विभिन्न गाडी ७८ हजार १३ वटा बिक्री भई व्यापारमा ७.६ प्रतिशत बृद्धि भएको थियो तर त्यो संख्या नोभेम्बरमा ७२ हजार ५ सय ३३ वटामा झर्यो ।

त्यसैगरी सुपर क्यारी एलसिभि सेग्मेन्टका गाडी नोभेम्बर महिनामा २ हजार २ सय ६७ वटा बिक्री भएको कम्पनीको तथ्याङक छ । गत वर्षको यहि महिनामा यो सेग्मेन्टको गाडी २ हजार १ सय २८ वटा मात्र बिक्री भएको थियो ।

मिनी भेइकल सेग्मेन्टका गाडीको बिक्री संख्या नोभेम्बर महिनामा २६ हजार ३ सय ६ रहेको छ जसमा मारुती सुजुकी अल्टो, एसप्रेसो जस्ता विभिन्न गाडी पर्दछन् ।

सन् २०१८ को नोभेम्बरमा मिनी भेइकल सेग्मेन्टका गाडीको बिक्री संख्या २९ हजार ९ सय ५४ थियो । गत वर्षको तुलनामा यो वर्षको नोभेम्बरमा मिनी भेइकल सेग्मेन्टका गाडीको व्यापार ६.५ प्रतिशतले खस्किएको छ ।

मारुती सुजुकीद्वारा उत्पादित मिड साइज सेग्मेन्टको व्यापारमा भने निकै धेरै गिरावट देखिएको छ । मारुती सुजुकी सियाज सेडान कार सन् २०१८ को अक्टुबरमा ३ हजार ८ सय ३८ थान गाडी बिक्री भएको थियो यो वर्ष जम्मा १ हजार ४ सय ४८ वटा मात्र बिक्री भई ६२.३ प्रतिशतको गिरावट आएको छ ।

त्यसैगरी कम्पनीले उत्पादन गर्दै आएको युभि सेग्मेन्टका गाडीको बिक्री तथ्याङक पनि सकारात्मक रहेन । युभि सेग्मेन्ट अन्तर्गत पर्ने भिटारा ब्रेजा, एर्टिगा, एक्सएल–६ को बिक्री पनि १.३ प्रतिशतले घटेको छ । गत महिना २३ हजार २०४ वटा गाडी बिक्री भयो भने गत वर्षको नोभेम्बरमा यो सेग्मेन्टका गाडीको बिक्री संख्या २३ हजार ५ सय १२ थियो ।

मारुती सुजुकीको अत्याधिक बिक्री हुँदै आएको भ्यान सेग्मेन्टको बिक्रिमा पनि रेड सिंग्नल देखिएको छ । गत वर्षको नोभेम्बरमा १४ हजार ५३ थान बिक्री भएको भ्यान सेग्मेन्ट सन् २०१९ का नोभेम्बरमा जम्मा १० हजार १ सय ६२ वटा मात्र बिक्री भयो । गत वर्षको तुलनामा यो २७.७ प्रतिशतले कम हो ।


क्लिकमान्डु