हुण्डाई भेन्यूः ६ महिनामा ५० हजारभन्दा धेरै बिक्यो, सन् २०१९ मा १ लाख बुकिङ पुर्याउने




काठमाडौं । गाडी निर्माता कम्पनी हुण्डाईले सबकम्प्याक्ट एसयुभि भेन्यूको माग धेरै भएको बताएको छ । कम्पनीले जनाएअनुसार अहिलेसम्म ५१ हजार २ सय ५७ थान भेन्यू बिक्री भइसकेको छ ।

त्यसै गरी गत अक्टोबर महिनासम्म हुण्डाईको भेन्यू गाडी ७५ हजार थान अर्डर भएको कम्पनीको दाबी छ । सन् २०१९ सकिन एक महिना मात्र बाँकी भएको बेला कम्पनीले यो वर्षको अन्त्यसम्ममा भेन्यू गाडीको बुकिङ १ लाख पुर्याई यो वर्षलाई बिदा गर्ने योजना रहेको जनाएको छ ।

कम्पनीले विभिन्न देशमा गाडीको व्यापार विस्तार गर्ने क्रम जारी राखेको छ । यहि व्यापार विस्तार योजना अनुरुप पछिल्लो समय दक्षिण अफ्रिकामा व्यापार शुरु गरी १४ सय एसयुभि भेरियन्टका गाडी पठाइसकेको छ । दक्षिण अफ्रिकामा भारतमा बनेको हुण्डाई भेन्यू यहि डिसेम्बर २ देखि बिक्री शुरु हुनेछ ।

राइट हेन्ड ड्राइभ गाडीका अलावा अब निकट भविष्यमै कम्पनीले लेफ्ट हेन्ड ड्राइभ गाडी उत्पादन गरी मध्य पूर्व, अफ्रिका र लेटिन अमेरिकामा निर्यात गर्ने योजना बनाएको छ । अहिले लेफ्ट हेन्ड ड्राइभ गाडी निर्माणाधिन अवस्थामा रहेको कम्पनीले प्रष्ट पारेको छ ।


क्लिकमान्डु