टिभिएस अपाचे रेस ट्रयाकका विजेताहरु चेन्नाई प्रस्थान




काठमाडौं । भारतको चेन्नाईमा हुने टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सका लागि २५ जना विजेताहरु चेन्नाई प्रस्थान गरेका छन् ।

नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस अपाचे बाइक आर.आर ३१० र अपाचे २०० फो.भी मोटरसाईकलहरुको टेस्ट राइडमा सहभागीता जनाएका प्रतियोगीहरुमध्ये ६० जना गोलाप्रथाबाट चयन गरी प्रारम्भिक छनौट चरणबाट ३० अनि, ३० बाट छनौट गरिएका २५ जना भाग्यशाली विजेताहरुले यही मङसिर १६ गते भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइक कुदाउँन पाउँनेछन् ।

एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा संचालित छनौट चरणबाट २५ जना प्रतियोगीहरु उत्कृष्ट ठहरिएका छन् । साथै यी प्रतियोगीहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउने अवसर पाउनेछन् ।

प्रारम्भिक चरणको छनौट प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने– “नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो यो । उनीहरुको सपनामा सरिक हुन पाएकोमा हामी जगदम्बा मोटर्स परिवार हर्षित छौं । अन्तिम चरणको लागि छनौट भएका २५ जना बाइक राइडरहरुलाई म थप सफलताको शुभकामना व्यक्त गर्दछु ।”


क्लिकमान्डु