त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७१७ जनाका लागि जागिर खुलायो



काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगले खुला र आन्तरिक गरी ७१७ विभिन्न पदका लागि विज्ञापन खुलाएको छ ।

आयोगले कर्मचारी पदपूर्तिका लागि खुलातर्फ ५० वटा पदमा, कार्य क्षमताका आधारमा बढुवाका लागि २४, जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका आधारमा १७ पद र आन्तिरक प्रतिष्पर्धाका आधारमा बढुवाका लागि ३० वटा पदमा विज्ञापन खुलाएको हो ।

आयोगले खुलातर्फ ५० वटा पदमा ३७१ जनाका लागि विज्ञापन खुलाएको हो ।

आयोगले आवेदनका लागि पुस १९ गते अन्तिम दिन तोकेको छ । साथै, दोब्बर दस्तुर तिरेर पुस २६ गतेसम्म आवेदन दिन सकिने आयोगले सूचनामा उल्लेख गरेको छ । आयोगले अनलाइनमार्फत् आवेदन दिन सकिने उल्लेख गरेको छ ।


क्लिकमान्डु