पाटन अस्पतालले माग्यो ६० कर्मचारी, कुन पदमा कति ?



काठमाडौं । सामूदायिक स्वामित्वको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा ६० जनाका लागि रोजगारी खुलाएको छ ।

कम र मध्यम आय भएका नेपाली नागरिक लक्षित उपचारमा कन्द्रित प्रतिष्ठानले सह प्रध्यापक, सहायक प्राध्यापक, सिनियर स्टाफ नर्स, फार्मेसी अधिकृत, रेडियोलोजिस्ट टेक्नोलोजिस्ट, पुस्तकालय अधिकृत, जुनियर स्टाफ नर्स, रेडियोग्राफर टेक्निसियन, सिनियर पुस्तकालय सहायक ल्यायव असिस्टेन्ट र जुनियर लेखा अधिकृत पदमा जागिर खुलाएको हो ।

शुक्रबार प्रकाशित सूचना अनुसार इच्छुक उम्मेदवारले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर बुझाई मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु