सरकारी जागिर खाने हो, दुग्ध विकास संस्थानले माग्यो १२३ कर्मचारी



काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले विभिन्न पदमा १२३ जना कर्मचारीको माग गरेको छ ।

संस्थानले आज एक सूचना प्रकाशित गरी अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो ।

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

विज्ञापन हेर्नुहोस् 


क्लिकमान्डु