नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जामा सुधार भएन, नाफा २० प्रतिशतले घट्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा अघिल्लो वर्षभन्दा बढेको छ । जसको कारण बैंकको पहिलो त्रैमासमा नाफा करिब २० प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार बैंकले ८४ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको असोज मसान्तमा १ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको थियो ।

१ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकले एकवर्षको अवधीमा २ अर्ब रुपैयाँले निक्षेप बढाउन सफल भएको छ । अघिल्लो वर्षको असोज मसान्तमा निक्षेप १ खर्ब ४९ अर्ब रुपैयाँ थियो ।

कर्जा भने ८ अर्ब रुपैयाँले बढेको छ । बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्ष १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा दिएको थियो ।

बैंकको पूँजीकोष अनुपात १३.१७ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात २.८४ प्रतिशत रहेको छ । मेलम्ची निर्माण गर्न आएको इटालियन ठेकेदारले राखेको काउन्टर ग्यारेन्टीको रकम नपाएको र केही ऋणहरु बिर्गेको कारण बैंकको खराब कर्जा अनुपात बढेको हो ।

बैंकको बेसरेट ८.४८ प्रतिशत रहेको छ । स्प्रेडदर ४.३६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु