आक्रामक व्यवसाय विस्तारमा उत्रियो माछापुच्छ्रे बैंक, ३ महिनामै १७ अर्बको बिजनेस ग्राेथ



माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । यो ३ महिनाको अवधिमाा बैंकले ९ अर्ब निक्षेप प र साढे ८ अर्ब रुपैयाँ व्यवसाय बढाएकोछ ।

पहिलो त्रैमासको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १५ करोड ५ लाख गरेको छ ।

बैंकमा असोज मसान्तसम्ममा ९१ अर्ब २७ करोड निक्षेप रहेको छ । कर्जा ८६ अर्ब ६३ करोड रहेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा बैंकमा ८५ अर्ब १९ करोड निक्षेप रहेको थियो भने कर्जा ७५ अर्ब ९ करोड रहेको थियो ।

खराब कर्जा अनुपात (एनपिएल) अत्यन्त न्यून ०.३१ प्रतिशत रहेको माछापुच्छ्रेको कर्जा-पुँजी-निक्षेप अनुपात ७७.०८ प्रतिशत रहेको छ । बेसरेट १०.५६ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंकले पहिलो त्रैमासमा शाखा संख्या १२ स्थानमा थप गरेको छ । अहिले १४३ स्थानमा माछापुच्छ्रे बैंकको शाखा छ । पछिल्लो ४ महिनामा मात्रै बैंकले ४० भन्दाबढी शाखा खोलेको थियो ।


क्लिकमान्डु