सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन योजना सुरु




काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन योजना शुरु गरेको छ ।

यो एक्टिभेसन कार्यक्रम नक्साल भाट्भटेनिमा कार्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनिमा मंसिर १३ र १४ गते १० देखि ५ बजे सम्म हुने कम्पनीले जनाएको छ । यो योजनाको मुल उदेश्य ग्राहकहरुसंग अन्तर्कि्रया बढाउने र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेको छ । एक्टिभेसनको समयमा सेलपेले स्पट केवाइसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात १०० को फ्रि टपअप प्रदान गर्नेछ ।

सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानि, सरल, सहज र सुरक्षित भुक्तानी, न्युन सेवा शुल्क र कारोबार गरे वापत लोयाल्टि पोइन्टस रहेका छन् ।


क्लिकमान्डु