शिवम् सिमेन्ट एनएस क्यालिटी अवार्ड-२०१९ बाट सम्मानित




काठमाडौं । शिवम् सिमेन्ट नेपाल सरकार अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन एस क्यालिटी अवार्ड–२०१९ बाट सम्मानित भएको छ ।

नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगमध्ये खुल्ला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट वस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित वस्तुको स्वतन्त्र परीक्षणबाट उच्च गुणस्तरको वस्तु उत्पादन र बिक्री वितरण गर्ने उद्योगलाई सम्मान स्वरुप प्रदान गर्दै आइरहेको छ ।

एनएस क्वालिटी अर्वाड सिमेन्ट जगतमा पहिलो पटक शिवम् सिमेन्टलाई प्रदान गरिएको विभागले जनाएको छ ।


क्लिकमान्डु