सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच १०% छुट दिने सम्झौता




काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुले सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टमा १०% सम्मको छुट पाउने छन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई देशभरि रहेका ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवास सेवामा विभिन्न छुट प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु