हिमालयन बैंकले १० प्रतिशत बोनस तथा १२ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

८ अर्ब ५२ करोड चुक्ता पूँजी रहेको हिमालयन बैंकले १० प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पूँजी ९ अर्ब ३७ करोड पुग्ने छ ।

राष्ट्र बैंकले स्वीकृति तथा साधारणसभाले पास गरेपछि सेयरधनीले लाभांश पाउने छन् । ं


क्लिकमान्डु