एभरेष्ट बैंकको नाफा ९% बढ्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ९.०७ प्रतिशतले बढी हो ।

गत आवको सोहि अवधिमा बैंकले ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको पहिलो त्रैमासमा बैंकले ५० करोड २४ लाख ७८ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड ६ लाख २५ हजार रुपैयाँबाट बढेर १ अर्ब ४३ करोड २५ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि ९० करोड ४८ लाख २३ हजार रुपैयाँबाट बढेर ९८ करोड ६९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । ८ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९६ करोड ७१ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ३४ अर्ब ७४ करोड ४९ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९ अर्ब ५३ करोड ८२ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा पनि ०.२१ प्रतिशतबाट घटेर ०.१७ प्रतिशतमा आएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ३३ पैसा रहेको छ ।


क्लिकमान्डु