कुमारी बैंकले गर्यो ज्ञान ज्योति विद्यालयका विपन्न विद्यार्थीलाई सहयोग



काठमाडौं । कुमारी बैंकले ललितपुरको लामाटारस्थित श्री ज्ञान ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक विष्णु भन्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरेका थिए ।

विगत १८ वर्ष देखि बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १११ शाखा संजाल, १०२ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिदै आएको छ ।


क्लिकमान्डु