ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर, कर्जामा कति ब्याज ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत ब्याज रहेको छ ।

हाल बैंकले बचत खातामा अधिकतम ६ र न्यूनतम ०.७५ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले हाल २१ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

असोज मसान्तसम्म बैंकको आधार दर ९.४४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा अधिकतम १५.४४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ ।

बैंकबाट हायर पर्चेज, स्टक शैक्षिक धितोकर्जा, ब्रोकर फाइनान्सिङ गर्दा, सेयर धिताकर्जा, मोटरेज लोन लिँदा १५.४४ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ । यस्तै होम लोन, अटो लोन लिँदा भने १४.४४ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु