मर्जरमा जाने बैंकका सञ्चालक र उच्च कर्मचारीले सेयर बेच्न १ वर्षसम्म कुर्नु नपर्ने

182
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्था मर्जर गएपछि संचालक तथा उच्च कर्मचारी र तिनका परिवारलाई एकवर्षसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सेयर खरिदबिक्री गर्न लगाएको रोक फुकुवा गरेको छ ।

बाफियामा भएको व्यवस्था अनुसार ‘बैंक तथा वित्तीय संचालक,प्रमुख कार्यकारी अधिकृत,लेखापरिक्षक,कम्पनी सचिव,बैंक तथा वित्तीय संस्थाको लेखा तथा व्यवस्थापनमा संलग्न कर्मचारी पदमा बहाल रहेको वा अवकास पाएको एकवर्षसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्था तथा सम्बन्धित सहायक कम्पनीको सेयर आफ्नो,परिवार तथा आफ्नो नियन्त्रणमा रहेको कम्पनी,फर्म तथा संस्थाबाट खरिदबिक्री गर्न नपाउने,सो सेयर धितो राख्न नपाइने,दान दिन सहित हस्तान्तरण गर्न पाइने छैन।’

तर, बैंक तथा वित्तीय संस्था आपसमा गाभिँदा र एक संस्थाले अर्को संस्थालाई प्राप्ति (एक्वायर) गर्दा भने बाफियामा भएको यो व्यवस्था लागू हुने छैन । यसकोक अर्थ मर्जर तथा एक्वायरमा जाने बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा माथिल्लो तहका कर्मचारीलाई सेयर किनबेच गर्न बाधा नपर्ने भएको छ ।