सेयर बजारमा गिरावट, कारोबारमा हिमालयन डिस्टिलरीको अग्रता



काठमाडौं । सोमबार दोहोरो अंकले सुधार आएको सेयर बजारमा मंगलबार भने ५.६१ अंकको गिरावट आएको छ । १६१ कम्पनीको १० लाख ८२ हजार ८१५ कित्ता सेयर ३७ करोड ९८ लाख ४९ हजार ४३५ रुपैयाँमा किनबेच भएको छ ।

११ समूहको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ९.१८ अंकले बढेको छ । बाँकी समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ ५.३१, डेभलपमेन्ट बैंक १३.१८, निर्जीबन बीमा कम्पनी ५५.८९, माइक्रोफाइनान्स १०.९९, जीवन बीमा समूहको उपसूचक ५.२५ अंकले गिरावट आएको छ ।

कारोबार रकमको आधारमा हिमालयन ड्रिस्टिलरी अग्रस्थानमा रहेको छ । हिमालयनको ६ करोड ९७ लाख ४० हजार ३५८ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबी बैंक र चिलिमे हाईड्रोपावर कम्पनी रहेका छन् ।

कारोबारमा हिमालयन डिस्टिलरी, घोडाघोडी लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन भने जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु