प्राइम कमर्सियल बैंकको नाफा १३.३७ प्रतिशतले बढ्यो



काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.३७ प्रतिशतले बढी हो ।

गत आवको पहिलो त्रैमासका बैंकले ५८ करोड १९ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा आइपुग्दा बैंकको वितरणयोग्य नाफा २२ करोड ८८ लाख ४३ हजार रुपैयाँ छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ६ करोड ५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ९४ करोड ४४ लाख ९७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा गत आवको सोही अवधिको तुलनामा क्रमशः ९.२९ र १३.६२ प्रतिशतले बढेको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब २० करोड ८५ लाख ७९ हजार रुपैयाँ छ ।

७९ अर्ब १३ करोड ७२ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७८ अर्ब ५९ करोड ४९ लाख ३१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.४१ प्रतिशतबाट घटेर १.१४ प्रतिशतमा आएको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २४ पैसा छ ।


क्लिकमान्डु