विदेशबाट फर्कदा ल्याउने सुनको भन्सार ६ महिनामा पुनः बढ्यो, अब कति लाग्छ ?



काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य पुनः बढेको छ ।

सरकारले बजेट ल्याउदा बढाएको भन्सार शुल्कलाई पुनः ६ महिनामा बढाएको हो ।

नयाँ व्यवस्था अनुसार विदेशबाट फर्कदा ल्याउने काचो सुनको ५० ग्रामसम्म प्रति १० ग्रामको हिसाबले ७५०० सय रुपैयाँ भन्सार शुल्क तिनुपर्छ । १०० ग्राम ल्याउदा बाँकी ५० ग्राममा १० ग्रामको दरले ८५ सय रुपैयाँ तिनुपर्छ ।

नयाँ व्यवस्था अनुसार ५० ग्राम सुन ल्याउदा ३७ हजार ५०० रुपैयाँ शुल्क लाग्छ भने १०० ग्राम ल्याउदा ८० हजार रुपैयाँ भन्सार शुल्क तिनुपर्छ ।

पहिलेको व्यवस्थामा ५० ग्रामको २६ हजार र १०० ग्राम ल्याउदा ५७ हजार रुपैयाँ भन्सार शुल्क थियो ।

सुन गहनाको हकमा ५० ग्रामसम्म कुनै पनि महशुल लाग्दैन । १०० ग्रामको हकमा बाँकी ५० ग्राममा प्रति १० ग्राम ८५ सय रुपैयाँ भन्सार शुल्क लाग्छ । १०० ग्रामभन्दा बढी थप १०० ग्रामसम्मको सुनको गहनामा प्रति १० ग्राम १० हजार भन्सार शुल्क लाग्छ ।

सरकारले भन्सार शुल्क बढाएसँगै सुनको मूल्य पनि बढेको छ ।


क्लिकमान्डु