लाभांशको प्रभावले सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकममा उछाल



काठमाडौं । लामो समय देखि सेयर बजारमा गिरावट आएपनि मंगलबार भने दोहोरो अंकको सुधार आएको छ ।

नेप्से मापन गर्ने सूचक १३.७७ अंकले बढेर ११४५.५७ बिन्दुमा रोकिएको छ । लगातार बजारमा गिरावट आएपनि यो दिन भने बैंक तथा वित्तीय संस्थाले घोषणा गरेको लाभांशको कारण बजारमा सुधार आएको लगानीकर्ताको भनाई छ ।

ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२८ अंकले बढेर २५२.२९ बिन्दुमा रोकिएको छ । १७५ कम्पनीको १९ लाख ९५ हजार ४८ कित्ता सेयर ५४ करोड ९९ लाख ९८ हजार २४१ रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ समूह १२.३१, होटल ३१.९३, डेभलपमेन्ट बैंक १३.३२, जलविद्युत १२.८५, निर्जीबन बीमा ६७.५३, उत्पादन तथा प्रशोधन ५५.७१, माइक्रोफाइनान्स ३०.७५, जीवन बीमा समूहको उपसूचक ७९.०२ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । बैंकले सोमबार नै ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसका कारण पनि बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकको १३ करोड ९२ लाख १० हजार १९५ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु र माछापुच्छे« बैंक रहेको छन् ।

कारोबारमा हिमालयन डिस्ट्रिलरीको सर्किट ब्रेक नै लागेको छ । हिमालयन, सबैको लघुवित्त वित्तीय संस्था, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने गुमाउनेमा नबिल सम्बृदि फण्ड–१,खानीखोला हाईड्रोपावर, सिटि एक्सप्रेस फाइनान्स, हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु