हिमालयन डिस्ट्रिलरीले सेयरधनीलाई आकर्षक लाभांश दिँदै, बुक क्लोज कहिले ?



काठमाडौं । हिमालयन डिस्ट्रिलरीले सेयर लगानीकर्तालाई १०२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

हिमालयनको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५–०्र७६ को मुनाफाबाट ५२.६३ प्रतिशत नगद लाभांश र चुक्ता पुँजीको ५० प्रतिशत बोनस दिने निर्णय गरेको छ ।

हिमालयनको १९ औं साधारण सभा पुस १ गते हुँदै छ । त्यसको लागि मंसिर १५ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय भएको छ । मंसिर १३ गतेसम्म उक्त कम्पनीको सेयरधनी भएका लगानीकर्ताले मात्रै लाभांश पाउने छन् ।


क्लिकमान्डु