एन्टी भ्यालेन्टाइन डे ‘सिंगल डे’मा अलिबाबाले बेच्यो २४ खर्बका सामान



विश्वको सबैभन्दा ठूलोमध्येको एक अनलाइन सपिङको साइट चीनको अलिबाबाले सोमबार मात्रै २७ खर्ब रुपैयाँको व्यापार गरेको छ ।

अलिबाबाको सोमबार ‘सिंगल डे’को आधा दिनमा मात्रै भएको यो बिक्री ‘ब्ल्याक फ्राइडे’ र ‘साइबर मन्डे’मा भएको दुबै दिनको व्यापारभन्दा ठूलो हो ।

चीनमा ‘सिंगल डे’लाई ‘एन्टी भ्यालेनटाइन डे’का रुपमा मनाइन्छ । प्रेम सम्बन्धमा नहुनेहरुका लागि यो विशेष दिन हो ।जसलाई नोभेम्बर ११ मा मनाइन्छ । यसका पछाडि एउटा कारण छ त्यो हो यो मितिमा चार वटा १ एकैसाथ हुनछन् ।

अलिबाबाले सन् २००९ देखि सिंगल डेका दिन सामानमा छुट समेत दिँदै आएको छ । जसमा २४ घण्टा नै अनलाइन सपिङ हुन्छ ।

गत वर्ष अलिबाबाले सिंगल डेमा ३० अर्ब रुपैयाँको व्यापार गरेको थियो ।

सिंगल डेको प्रि सेल्स तीन साता अघिदेखि नै सुरु भएको थियो । प्रि अर्डरमा मात्रै १ खर्ब रुपैयाँको अर्डर भएको थियो । अलिबाबाका अनुसार प्रयोगकर्ताले अलिबाबाको अनलाइन स्टोरबाट मात्रै १ खर्ब रुपैयाँको आइफोन ११ मात्रै अर्डर गरेका थिए ।

यसवर्ष चीन र अमेरिकाबीच व्यापार युद्धका कारण अलिबाबाको व्यापार विगतका वर्षभन्दा बढी गर्नुपर्ने दबाबमा छ ।

ओलिभर वाइमानके रिसर्चका अनुसार खरिदकर्ताले सन् २०१८ को तुलनामा सिंगल डेमा मात्रै १० प्रतिशत बढी खर्च गर्ने अनुमान गरिएको छ । अनुसन्धानको प्रतिवेदनमा उक्त वृद्धिदर कम भएको उल्लेख गरिएको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा सिंगल डेमा मात्रै २७ प्रतिशत वृद्धि देखिएको थियो ।

चीनकै अर्को इ–कमर्स प्लेटफर्म जेडी डट कम र रेगुलर ब्रिक एन्ड मोर्टार जस्ता स्टोरको व्यापार पनि राम्रो छ । सिंगल डेको छुट चीनमा मात्रै होइन सिंगापुर, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड, भियतनाममा समेत दिइएको थियो ।

नाइक, ब्रुक्स बर्दर जस्ता ब्राण्डले समेत सिंगल डेमा अमेरिकामा समेत छुट उपलब्ध गराएका छन् ।


क्लिकमान्डु