प्रभु बैंकले तीन महिनामा गर्यो ६२ करोड ८४ लाख रुपैयाँ नाफा



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६२ करोड ८४ रुपैयाँ नाफा गरेको छ ।

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको विवरण अनुसार बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा ५९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकमा असोज मसान्तसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकमा १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकले ९१ अर्ब ८५ करोड रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्ष ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा दिएको थियो ।

८ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ४ अर्ब ३९ करोड रुपैयाँ रिजर्बमा रहेको छ ।

प्रभु बैंकले पहिलो त्रैमासिक अवधीको विवरण अनुसार सेयरधनीलाई बाड्न मिल्ने नाफा ५५ करोड ७६ लाख रुपैयाँ गरेको छ ।

बैंकको पूँजीकोष अनुपात ११.०३ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा ३.३२ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७७.८१ प्रतिशत रहेको छ । बेसरेट ९.२४ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ५.१५ प्रतिशत । जुन राष्ट्र बैंकले तोकेको भन्दा बढी हो ।


क्लिकमान्डु