सिटिजन्स बैंकको नयाँ शाखा कमलादीमा खुल्यो




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौँको कमलादीमा नयाँ शाखा संचालनमा ल्याएको छ । यो शाखासँगै बैंकको शाखा संख्या ८५ पुगेको छ ।
शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो लिन सकिने बैंकले जनाएको छ ।

बैंकले देशभर रहेका ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु