१६ करोड ठगीको आरोप लागेपछि बहालवाला राज्यमन्त्री रावलले दिए राजीनामा
काठमाडौं । १६ करोड ठगीको आरोप लागेको कर्णाली प्रदेशका उद्योग पर्यटन तथा वातावरण मन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।
रावलविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्धा दर्ता भएपछि उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।
महेन्द्रनगरको जनज्योति क्याम्पसको १६ करोड रुपैयाँ ठगीको आरोप लागेका रावलको सम्पत्ति यसअघि नै रोक्का भइसकेको छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले रावलविरुद्ध परेको उजुरीका आधारमा छानबिन सुरु गरेपछि उनको सम्पूर्ण सम्पत्ति रोक्का गर्नका लागि एक टोली पठाएको थियो ।
विभागले छानबिनका लागि एक प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वको टोली २ दिन अघि नै कञ्चनपुर पठाएको थियो ।
महेन्द्रनगरको जनज्योति क्याम्पसका सेयर सदस्य समेत रहेका रावलसहित ३६ जना विरुद्ध गत साउन महिनामा जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो । जसमा ठगी र कागजात कीर्ते गरेको उल्लेख गरिएको थियो । रावल क्याम्पसका पूर्वअध्यक्ष समेत हुन् ।
रावलविरुद्ध भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशीसमेत १० जनाले गत साउन ७ गते ठगी र कागजात कीर्ते गरेको सम्बन्धि मुद्दा दर्ता गरेका थिए ।
रावल कञ्चनपुर निर्वाचन क्षेत्र ३ का प्रदेश सभा ९क०बाट तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।