नेशनल लाइफले २.५ प्रतिशत बोनश शेयर र १२ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले २.५ प्रतिशत बोनश शेयर र १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको छ । कम्पनीको ३१ औ वार्षिक साधारण सभाले उक्त प्रस्ताब पारित गरेको हो ।

उक्त साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आ.व. २०७४/७५ छ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउदै कम्पनीले कूल रु. ६४४.७६ करोड बीमाशुल्क संकलन गरेको र २०५ करोड कूल दावी भुक्तानी गरेको एवम् ४७ करोडको खुद मुनाफा आर्जन गरेको जानकारी गराइन । यसै गरी आ.व. २०७४/७५ को अन्त सम्ममा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले बृद्धि भई २०९५  करोड पुगेको छ र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले बृद्धि भई २०७५ असार मसान्त सम्ममा २१ अर्ब ४७ करोड पुगेको जानकारी दिइन ।

सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चुक्ता पूँजी रु.३ अरब नाघेको जानकारी गराइन् । । कम्पनीले आ.व.२०७४/०७५ को बीमाङ्कीय मूल्याङ्कनमा राम्रो प्रगति गरी नाफा सहित जारी गरिएका सबै बीमालेखमा दुई विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरिन । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएको, शाखा सन्जाल विस्तारमा विशेष ध्यान दिएको र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याउन प्रयास रहेको अध्यक्षले सभामा उल्लेख गरिन् ।

कम्पनीले वोनस शेयर वापतको कर प्रयोजनको लागि रु ३९,५७,१५८  नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

 

 


क्लिकमान्डु