सिद्धार्थ बैंकले मुद्दतिमा ९.२५ प्रतिशत व्याज दिने, कर्जाका कति व्याज ?
काठमाडौं । सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक २४ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैकले नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगतमा ९.२५ प्रतिशत र संस्थागतमा ८.६ प्रतिशत छ ।
बैंकले १७ वटा बचत सञ्चालन गरिरहेको छ । अधिकांश बचत खातामा बैंकले ५.५ प्रतिशत र ६.५ प्रतिशत ब्याजदर तोकेको छ ।
युएसडी सेभिङ अकाउण्टमा भने २.५० ब्याजदर तोकेको छ । साथै बैंकले १० प्रकारका फरेन करेन्सी डिपोजिटमा भने ०.५ प्रतिशत देखि ५.२५ प्रतिशतसम्म व्याज दिनेछ ।
असोज मसान्तमा बैंकको बेसरेट १०.०२ प्रतिशत र स्प्रेडदर ४.४३ प्रतिशत छ । बैंकले हाल १६ प्रकारका कर्जा दिइरहेको छ ।
कर्जाको व्याज भने बैंकको न्यूनतम ११.०२ प्रतिशतदेखि १६.०२ प्रतिशतसम्म रहेको छ । जसमा ऋणीले ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १५.२ देखि १६.०२ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
त्यस्तै, बैंकले होम लोनमा १५.०२ प्रतिशत, एजुकेशन लोन १५.५२ प्रतिशत, अटो लोन १५.०२ प्रतिशत र प्रोफेस्नल आइएमई लोन १६.०२ ब्याज तोकेको छ ।