सिद्धार्थ बैंकको नाफा ३६ लाखले घट्यो, अन्य वित्तीय सूचक कस्ता ?
काठमाडौं । सिद्धार्थ बैंकले ३६ लाख रुपैयाँले नाफा घटाएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३६ दाख ३६ हजार रुपैयाँले नाफा घटाएको हो ।
गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले ५२ करोड ५० लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । भने चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५२ करोड १४ लाख ३८ हजार रुपैयाँ बैंकको नाफा छ ।
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले १ खर्ब १८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको निक्षेप संकलन र कर्जा विस्तारतर्फ भने सामान्य सुधार देखिएको छ ।
बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ अर्ब ९२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ कर्जा विस्तार गरेको थियो ।
चालु आर्थिक वर्षको सोही अवधि बैंकले गत वर्षभन्दा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ बढी निक्षेप संकलन ३ अर्ब ८० करोड ६९ लाख रुपैयाँ बढी कर्जा लगानी गरेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले खुद ब्याज आम्दानी भने गत आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा १८ करोड ९८ लाख ४६ हजार रुपैयाँले बढाउँदै १ अर्ब ४३ करोड १८ लाख २० हजार रुपैयाँ व्याज आम्दानी गर्न सफल भएको छ ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड १९ लाख ७३ हजार रुपैयाँ व्याज आम्दानी गरेको थियो ।
त्यस्तै बैंकको खराब कर्जा १.२८ प्रतिशत छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकमा यस्तो कर्जा अनुपात १.४० प्रतिशत थियो ।
असोज मसान्तसम्म बैंकको आधार ब्याजदर १०.०२ प्रतिशत, स्प्रेडदर ४.४३ प्रतिशत, कोष लागत ७.३२ प्रतिशत छ भने बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी) ७७.३६ प्रतिशत र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ २७ पैसा छ ।