नेकाको अध्यक्षमा सन्तोष प्याकुरेल, बस्नेत समूह बाहिरियो

क्लिकमान्डु २०७६ कार्तिक २३ गते १९:३४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)को अध्यक्षमा सन्तोष प्याकुरेल निर्वाचित भएका छन् । शनिबार भएको पहिलो वार्षिक साधारण सभाले प्याकुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष प्याकुरेलका अनुसार उपाध्यक्षमा ज्ञानेन्द्रमान जोशी निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा राकेश श्रेष्ठ, सचिवमा प्रशान्त साह, कोषाध्यक्षमा रमन कोइराला निर्वाचित भएका छन् ।

प्याकुरेलका अनुसार एक उपाध्यक्ष र एक सचिवमा अध्यक्षले पछि मनोनित गर्नेछन् ।

नेकाको नवनिर्वाचित सदस्यहरुमा विशाल थपलिया, सुवेन्द्र थापा, प्रतिक्षा श्रेष्ठ, ईश्वर श्रेष्ठ, सूर्य पोखरेल र रविन्द्र थापा निर्वाचित भएका छन् ।

गत वर्ष स्थापना भएको नेकामा तत्कालिन समयमा तदर्थ समिति गठन गरिएको थियो । जसको संयोजकका रुपमा प्याकुरेलले जिम्मेवारी सम्हालेका थिए ।

तत्कालिन समयमा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)बाट बाहिरिएको समूहले नेका गठन गरेको थियो । तर नेका गठन गर्ने समयमा एकजुट भएका सरोजकुमार बस्नेतको समूहले नेका छाडिसकेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स