सिटिजन लाइफको सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन शुभारम्भ जीवन बीमा नामक नयाँ योजना ल्याएको छ ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजारको न्यूनतम बीमाङ्क रकमको बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । यस योजना मार्फत बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा तथा रु ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको छ ।

नेपालभर फैलिएको सिटिजन लाईफ इन्स्योरेन्सले १०० वटा कार्यालयहरु मार्फत आफ्ना ग्राहकलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु