सामान्य प्रशासनमन्त्री पन्डितले भने : कर्मचारीले सरकारी जग्गा निजीलाई दिन खोजे
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीहरु आफ्नो काम गर्न छोडेर सरकारी जग्गा निजी क्षेत्रलाई दिन तम्सिदा समस्या भएको बताएका छन् ।
राष्ट्रिय किताबखाना (निजामती) र कर्मचारी सञ्चयकोष बीच विद्युतीय सूचना आदान प्रदान प्रणाली शुभारम्भ कार्यक्रममा यस्तो बताएका हुन ।
मन्त्री पण्डितले भने ‘कर्मचारीहरुले किताबखानालाई चाहिने भवन निर्माणका लागि आवश्यक जग्गा नखोज्दा समयमा नै भवन बन्न नसकेको हो । त्यही सरकारी जग्गा नीजि क्षेत्रलाई दिनु परे कर्मचारी तम्सने अनी आफ्नै भवन निर्माण गर्नको लागि जग्गा नै खोज्ने ?’
उनले प्रश्न गरे ‘अब के जग्गा खोज्न पनि प्रधानमन्त्री ज्यू, म आफै जानु पर्ने हो ? किताब खानामा मेरो केही पनि छैन, सबै कर्मचारीहरुको कै हुने हो । आफ्नै लागि पनि जग्गा खोज्न, भवन खोज्न किन हिचकिचाएको ?’
कर्मचारीको पहलकदमी नभएकोले भवन बन्न नसकेको उनको तर्क छ । कार्यक्रममा उनले प्रधानमन्त्री, मन्त्रीले सम्पति विवरण देखाउने मिल्ने तर कर्मचारीहरुले किन नमिल्ने भन्दै प्रश्न गरेका छन् । कर्मचारीलेहरुले कमजोरी गरेका छन भने उनीहरु पनि पर्ने भन्दै आगामी दिनमा कर्मचारीले पनि सम्पति विवरण देखाउनु पर्ने धारणा राखे ।