ग्लोबल आइएमई बैंकले खोल्यो थप १० शाखारहित बैंकिङ्ग




काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले बाग्लुङ जिल्लाका ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी, बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं. ५, कुवाकोट, बाग्लुङ जिल्लाको जैमीनी नगरपालिका वडा नं. ८, अर्के छिस्ती, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. १, बेगखोला, मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ६, फापरबारी र रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ३, सातदोबाटो, लुुंग्री गाउँपालिका वडा नंं. ३, जुटुङ्ग खोला, गंगादेव गाउँपालिका वडा नं. १, ओत र परिवर्तन गाउपालिका वडा नं. ६, नाफेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

यी १० वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । थप १० वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १९४ पुगेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।


क्लिकमान्डु