शाओमीको नयाँ सर्भिस सेन्टर नारायणगढमा शुरु




काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजीले नारायणगढमा कम्पनीको पाँचौं सर्भिस सेन्टर शुरु गरेको छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् ।

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालमा शाओमीका प्रयोगकर्ताहरुलाई सेवा उपयोग गर्न सुविधा हुनेछ ।

सर्भिसको टर्नअराउन्ड समयमा उल्लेखनीय गीरावटसँगै पर्याप्त पहुँचयोग्यताले नेपालमा एमआई फ्यानहरुप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास लिएको छ ।


क्लिकमान्डु