राष्ट्र बैंंकले डेढ अर्ब मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार आगामी मंसिर १ गतेदेखि २०७७ कात्तिक ३० गतेसम्मको लागि ३६५ दिनको मुद्दति निक्षेपमा त्रैमासिक ब्याज भुक्तानी हुने जनाएको छ ।
राष्ट्र बैंकले ‘क’ वर्गका बाणिज्य बैंकमा १ अर्ब ३१ करोड १६ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्टरका विकास बैंकमा २४ करोड ५९ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ८ करोड १९ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
लगानी गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पुरा भएको हुनुपर्ने, न्यूनतम पूँजीकोष कायम भएको, कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने लगायतका शर्त राखेको छ ।